घरदैलोमै सेवा दिन कुम्मायक गाउँपालिकाद्धारा आँखा उपचार केन्द्र स्थापना

Breaking News समाचार

पाँचथर,असार २८,
घरदैलोमै नागरिकहरुलाई सेवा प्रवाह गर्ने उद्धेश्यले पाँचथरको कुम्मायक गाउँपालिकाले पालिकाको केन्द्र यासोकमा आँखा उपचार केन्द्र स्थापना गर्ने
भएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङ शाखा र कुम्मायक गाउँपालिका वीच संझौता गरी उपचार केन्द स्थापना गर्न लागिएको हो ।
जसका लागि गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ र संघका सभापति मुक्तिराज पौडेल वीच सम्झौतामा हस्ताक्षर भइसकेको छ ।
सम्झौता अनुसार शिविर संचालन र ब्यवस्थापन गर्न गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि ७ लाख रुपैया रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङले बताउनुभयो ।
पालिकावासी नागरिकहरुलाई घरदैलोमै आँखाको उपचार गरुन् भन्ने उद्धेश्यले आँखा उपचार केन्द्र स्थापना गर्न लागिएको उहाँले बताउनुभयो ।
पालिकाको केन्द्र यासोकमै उक्त आँखा उपचार केन्द्र स्थापना हुने हुँदा यस पालिकाका नागरिकहरुलाई आँखा उपचारका लागि अन्यन्त्र धाउनुपर्ने वाध्यता हट्ने र सेवाग्राहीलाई उपचारको निम्ति सहज हुने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष सिता रिजाल आचार्यले बताउनुभयो ।
आवश्यकता अनुसार वर्षमा एक पटक निशुल्क अपरेशन सहितको आँखा शिविर संचालन गर्ने वा विरामीको आवश्यकता अनुसार सेवा शुल्कमा छुट दिई आँखा शिविर संचालन गर्ने सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारीले बताउनुभयो ।
त्यस्तै नेत्रज्योती संघले आँखा उपचार केन्द्रको लागि जनसक्ति, उपकरण, व्यवस्थापन गर्ने सहमति भएको गाउँपालिकाका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी देवेन्द्र कटुवालले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *