निर्माण सामाग्रीको गुणस्तरीयता जाँच गर्न फिदिम नगरपालिकाद्धारा प्रयोगाशाला स्थापना

Breaking News समाचार

पाँचथर,असार ३०,
निर्माण सामाग्रीको गुणस्तरीयता जाँच गर्ने उद्धेश्यले पाँचथरको फिदिम नगरपालिकाले प्रयोगशाला स्थापना गरेको छ ।
आगामी आ.व. ०७८÷०७९ बाट संचालन हुने नगरका योजनाहरुको काममा प्रयोग हुने निर्माण सामाग्रीको गुणस्तरीयता जाँच गर्न प्रयोगशाला स्थापना गरिएको फिदिम नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनियर प्रेम काफ्लेले बताउनुभयो ।
नगरपालिकाको २१ लाख रुपैया लगानीमा प्रयोगशाला स्थापना गरिएको हो । यो प्रयोगशााला बाट गिँटी,इँटा,कंक्रिट,सिमेन्ट,ग्याबिन तार जालीको जाँच गरिने इन्जिनियर काफ्लेले बताउनुभयो ।
इन्सटेलशन सप्लायर्सले गर्ने,नापतौल विभागले प्रमाणित गर्ने र साउनको अन्तिम देखि प्रयोगशाला बाट ती सामाग्रीको जाँच थालिने उहाँले बताउनुभयो ।
योजना संचालनका क्रममा गिँटी,इँटा,कंक्रिट,सिमेन्ट,ग्याबिन तार जाँच गरी गुणस्तरीयता प्रदान गरेर मात्रै योजनाको काममा ती सामाग्री प्रयोग गरिने हुँदा योजनाको काम गुणस्तरीय ढंगबाट अघि वढ्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिका अधिकारीले विश्वास ब्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *