मिक्लाजुङ गाउँपालिकाले तोक्यो कृषि उत्पादनको न्यूनत्तम समर्थन मूल्य

Breaking News समाचार

पाँचथर,साउन २,
पाँचथरको मिक्लाजुङ गाँउपालिकाले कृषि उत्पादनको न्यूनत्तम समर्थन मूल्य तोकेको छ । कृषकको उत्पादनले राम्रो मूल्य नपाउँदा उत्पादन लागत समेत नउठ्ने बाध्यतालाई न्यूनीकरण गर्न पालिकाले न्यूनत्तम समर्थन मूल्य निर्धारण गरेको गाउँपालिका अध्यक्ष अमर माखिले बताउनुभयो ।
गाँउपालिका प्रमुख अमर माखिमका अनुसार न्यूनत्तम मूल्यभन्दा कम बजार भाउ भए गाँउपालिकाले व्यहोरी दिने गरी निर्णय गरिएको छ । उत्पादन लागतलाई मध्यनजर गरी न्यूनत्तम समर्थन मूल्य निर्धारण गरिएको गाउँपालिका उपाध्यक्ष उर्मिला राईले बताउनुभयो । उहाँका अनुसार आलु, प्याज र लसुनमा न्यूनत्तम मूल्य निर्धारण गरेको हो ।
साथै यी उत्पादनको बिउ किन्नका लागि कूल लागतको ५० प्रतिशत मूल्य गाँउपालिकाले सापटी दिने निर्णय समेत गरेको उहाँले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्रीका अनुसार ग्रेडिङ गरिएको आलु ठूलो साइजको हिउँदे प्रतिकेजी ४० र बर्षे प्रतिकेजी ४५ मूल्य निर्धारण गरिएको छ । सानो साइजको बर्षे प्रतिकेजी ४० र हिउँदे प्रतिकेजी ३५ निर्धारण गरिएको छ । यस्तै उन्नत जातको प्याज प्रतिकेजी ५० र स्थानीय जातको प्याज प्रतिकेजी ४५, सुकेको स्थानीय जातको लसुन १ सय १० रुपैयाँ र सुकेको लसुन चाईनीज ९० रुपँयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *