पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,

Breaking News समाचार

पाँचथर,साउन २,
पाँचथरको कुम्मायक गाउँपलिका ३ रातमाटेमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । तेर्हथुमको म्याङ्लुङ तर्फ गइहेको को २८ प ६८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भै दुर्घटना भएको हो ।
दुर्घटनामा परी म्याङलुङ वडा नम्बर १ बस्ने ४५ बर्षिय चालक याम वहादुर लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा २४ बर्षिय उदय कार्की घाइते भएका छन् ।
घाइते कार्की लाई उपचारको लागि तेह्रथुम अस्पताल तर्फ लगिएको प्रहररीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *