समाजसेवी शेर्माद्धारा पाँचथरका विभिन्न स्थानिय तहमा स्वास्थ्य सामाग्री प्रदान

Breaking News समाचार

कविन्द्र शेर्मा
पाँचथर,साउन ७,
पाँचथरको कुम्मायक– २ माङजाबुङ निबासी समाजसेबि गजेन्द्र सेर्माले कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकालाई स्वस्थ्य सामग्री सहयोग गरेका छन् ।
रोजगारको शिलसिलामा दक्षिण कोरियामा रहनु भएका सेर्माले कोरोना कोभिड १९ को महामारिको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन सो स्वस्थ्य सामग्री बितरण गरेका हुन ।


समाजसेबि सेर्माले चार लाख रकमको बराबरको ज्वरो नाप्ने थर्मलगन र सेनिटाइजर लगायतका स्वस्थ्य सामग्री सहयोग गरेका हुन । शेर्माले पठाएको सामाग्री उनका दाजु घनेन्द्र सेर्मा मार्फत पालिकाका विभिन्न केन्द्रमा बितरण गरिएको छ ।
मिक्लाजुङ गाउपलिकाका १ र २ का लागि ३५ वटा थर्मलगन , ६ हजार ४ सय पिस सर्जिकल मास्क, फाल्गुनन्द गाउँ पालिका वडा नम्बर ६ का लागि ६ ओटा थर्मलगन
४हजार ५ सय पिस मास्क,कुम्मायक गाउँपालिका–१का लागि थर्मलगन २४ वटा २ का लागि ३० वटा थरमल गन र ४ हजार ९ सय ९४ पिस सर्जिकल माक्स, ३ का लागि १६ वटा थरमलगन , ४ वडाका लागि १२ वटा थरमलगन, र ५ वडाका लागि १६ वटा थरमलगन गरि १ सय ४७ थरमलगन र १५ हजार ९ सय पिस सर्जिकल माक्स सहयोग गरेका छन। गाउँमै लगेर सामान उपलब्ध गराईदिनुभएकोमा मिक्लाजुङ २ का वडाअध्यक्ष सन्तोष शेर्माले समाजसेवी गजेन्द्र शेर्मालाई धन्यवाद दिनुभयो ।


समाजसेबि सेर्माले एक बिज्ञप्ति जारी गर्दै कोरोना कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा थप सहयोग पुगोस भनेर आफुले स्वस्थ्य सामग्री सहयोग गरेको कोरियाबाट सहयोगदाता गजेन्द्र सेर्माले जानकारी दिनु भएको छ । बिगतका केही समयमा पनि ब्यक्तिगत रुपमा कुम्मायक – २ मा २ लाख १६ हजार बराबरको स्वस्थ्य सामग्री बितरण गरि सकेका छन ।
बिज्ञप्ति मार्फत समाजसेबि सेर्माले समाजका लागि केही गरेकोले थप हौसलाका लागि सञ्चारकर्मी सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।
सहयोग गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *