प्रवासमा रहेका यूवाद्धारा मिक्लाजुङ १ र २ वडा लाई स्वास्थ्य सामाग्री उपलब्ध

Breaking News समाचार

पाँचथर,साउन ६,
वैदेशिक रोगजारको लागी प्रवासमा रहेका मिक्लाजुङ गाउँपालिका १ र २ साबिक सराङडाँडा गा.वि.स का युवाहरुले आफ्नो गाउँका स्थानियलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।
आफ्नो गाउँको लागी स्वास्थ्य सामाग्री खरिद गर्नको लागी २ लाख ८३ हजार ६ सय रुपैया बरावरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको मिक्लाजुङ २ का वडाअध्यक्ष सन्तोष शेर्माले बताउनुभयो ।
उक्त रकम मिक्लाजुङ गाउँपालिका १ र २ का दक्षिण कोरीया,कतार,साउदी,जापान,मलेसीया लगायत मुलुकमा रोजगार गर्न गएका युवाहरुले उक्त रकम पठाएका हुन् ।
उक्त रकमबाट मिक्लाजुङ गाउँपालिका १ र २ मा स्वास्थ्य सामाग्री खरिद गरिएको हस्तान्तरण हुन बाँकी रहेको मिक्लाजुङ २ का वडाध्यक्ष शेर्माले जानकारी दिनुभयो ।
उक्त रकमबाट ८ थान अक्सिजन सिलिन्डर, २ थान अक्सीजन कन्सन्ट्रेटर,८ थान अक्सीजन थ्रो मिटर,८ थान डिजिटल,प्रेसर मिटर र १५ थान पिपिइ खरिद गरिएको मिक्लाजुङ २ का वडाध्यक्ष सन्तोष शेर्माले जानकारी दिनुभयो ।
उक्त स्वास्थ्य सामाग्रीहरु सामुदायिक स्वास्थ्य इकाई खान्द्रोङ,स्वास्थ्य चौकी सराङडाँडा, सामुदायिक स्वास्थ्य इकाई सप्तमी बजार, खोपकेन्द्र बतासेमा हस्तातरण गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *