जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरद्धारा राजश्व संकलनमा वृद्धि

Breaking News समाचार

पाँचथर,साउन ९,
जिल्ला ट्राफिक प्रहरी कार्यालयले पाँचथरमा आर्थिक वर्ष ०७७÷०७८ मा १८ लाख वढि राजश्व संकलन गरेको छ ।
कार्यालयले गत आर्थिक वर्ष ०७६÷०७७ मा १४ लाख २८ हजार रुपैया राजश्व संकलन गरेकोमा आर्थिक वर्ष ०७७÷०७८ मा १८ लाख ६४ हजार रुपैया राजश्व संकलन गरेको हो ।
आर्थिक वर्ष ०७६÷०७७ भन्दा ०७७÷०७८ मा ४ लाख ३६ हजार रुपैया वढि राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथर प्रमुख दिपक दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार ०७६÷०७७ मा २ हजार ५ सय ६५ सवारी साधान कारवाही गरिँदा १४ लाख २८ हजार रुपैया राजश्व संकलन भएको थियो । यस्तै उक्त आर्थिक वर्षमा २५ वटा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ३२ जना घाईते भएका थिए ।
यस्तै आ.व. ०७७÷०७८ मा ३ हजार १ सय ७० वटा सवारीलाई कारवाही गर्दा १८ लाख ६४ हजार राजश्व संकलन गरेको ट्राफिक कार्यालय पाँचथरले जनाएको छ ।
यस्तै उक्त आर्थिक वर्षमा ४३ वटा सवारी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो भने ६८ जना घाईते भएका थिए ।
सवारी साधानको संख्यामा वृद्धि भएको,जिल्लामा रुटहरु विस्तार भएको सवारी दुर्घटनामा वृद्धि हुन सक्ने कार्यालय प्रमुख दुलालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *