फाल्गुनन्द एकता समाज मलेसियाद्धारा दुई परिवारलाई आर्थिक सहयोग प्रदान

Breaking News समाचार

पाँचथर,साउन ९,
फाल्गुनन्द एकता समाज मलेसियाले पाँचथरका दुई परिवारलाई शनिबार सहयोग रकम हस्तान्तरण गरेको छ ।
फाल्गुनन्द २ मा रुखले किचेर करङ भाचिएकी देउमान नेम्बाङकी श्रीमती मञ्जु नेम्बाङलाई समाजले ३९ हजार १ सय ५० रुपैया सहयोग रकम हस्तान्तरण गरिएको समाजका नेपाल संयोजक लावाहाङ चेम्जोङले बताउनुभयो ।
सत्यहाङमा माबि का प्र.अ रामभक्ति नेम्बाङ ,स्थानिय भगिराज चेम्जोङ र गोल्डेन टेलिभिजनका अनुप लिम्बुको उपस्थितमा सहयोग रकम संयोजक चेम्जोङले हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै प्रवास मलेसियामा रहनुभएका मिक्सेन चेम्जोङ र इजरायलमा रहनुहुने दिपा लावतीको विशेष पहलमा स्वर्गिय मनकुमारी चेम्जोङ नेम्बाङको श्रीमान र ३ छोरीलाई ८८ हजार रुपैया हस्तान्तरण गरिएको थियो ।
एकता समाजका संयोजक लावाहाङ चेम्जोङ,रुकेन्द्र चेम्जोङ र वडा सदस्य चन्द्र कुमारी नेम्बाङ बाट रकम हस्तान्तरण गरिएको छ । मनकुमारीको पाठेघर र खुट्टाको रोगको कारण मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *